आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, ११ साउन २०८०, ११ : १०
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो बुधबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जनाएको हो ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० रुपैयाँ कायम छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यस्तै, आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार यससँगै आज चाँदीको कारोबार प्रतितोला १४ सय ९० रुपैयाँमा भइरहेको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण