ट्रिपर र ट्याक्टरको ठक्करबाट कपिलवस्तुमा दुईको मृत्यु
कपिलवस्तु - कपिलवस्तुको वाणगंगा नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–१ महाकालि पेट्रोलपम्म स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पुर्व आईरहेको बा २ ख ५१२२ नं.को ट्रिपरले विपरिपत दिशाबाट आईरहेको लु ३५ प ४५९० नं. को मोटरसाईकललाई. ठक्कर दिँदा मोटरसाईकल चालक दाङ तुल्सीपुर नगरपालिका–१७ का १७ वर्षीय सुमन विसीको मृत्यु भएको हो ।
ट्रिपरको ठक्करबाट गम्भीर घाईते भएका विसीको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले रातोपाटीलाई जानकारी दिए । मोटरसाईकल पछाडी बसेका२६ वर्षिय हेमन्त लामिछाने गम्भीर घाईते भएको र उनको लुम्बीनी अञ्चल अस्पताल बुटबलमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही नगरपालिका–२ स्थित पिपरा बैदलपुर भित्रि कच्चि सडक खण्डमा बैदलपुरबाट पिपरा आउँदै गरेको लु १ त ७४५५ नं.को ट्याक्टरले साँझ पैदल यात्रीलाई ठक्कर दिदाँ स्थायी घर बर्दीया नयागाँउ–४ हाल बैदलपुरमा मजदुरी गर्दै आएका ३० वर्षिय महन्त कुमार भगोलिया थारुको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाईते भगोलियाको लुम्बीनी अञ्चल अस्पताल बुटबलमा उपचारको क्रममा गए राति मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक कार्कीले जानकारी दिए । ठक्कर दिने दुवै गाडी र चालक प्रहरी नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै
-
वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ
-
राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित
-
सशस्त्रको स्टोर आगलागी छानबिन समितिले बुझायो प्रतिवेदन
-
न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
-
बाँकेमा नियमित खोप डीपीटी र पोलियो अभाव