कोशी प्रदेश
कोशी सरकार ढलेपछि हिक्मत कार्की भन्छन्– १७ गतेपछि मुख्यमन्त्रीको हैसियत प्राप्त गर्छु
बिहीबार, ११ साउन २०८०, १७ : २८
काठमाडौँ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले साउन १७ गतेपछि आफूले मुख्यमन्त्रीको हैसियत प्राप्त गर्ने बताएका छन् ।
सर्वोच्चको परमादेशले उद्धव थापा नेतृत्वको सरकार ढलेसँगै साउन १७ गतेपछि आफूले फेरि मुख्यमन्त्रीको हैसियत प्राप्त गर्ने उनले बताए । ‘मुख्यमन्त्रीको हैसियत १७ गतेपछि प्राप्त गर्छु’, उनले भने, ‘तर, अर्को सरकार बनेसम्म मै मुख्यमन्त्री हो ।’
उनले मुख्यमन्त्री चयन प्रक्रिया असंवैधानिक भएको सर्वोच्चको परमादेशले प्रष्ट भएको उल्लेख गर्दै अर्को सरकार बन्नका लागि पनि आह्वान भएको बताए । नयाँ सरकार नबन्दासम्म पुरानै सरकारले काम गर्ने पनि उनको भनाइ छ ।
उनले अदालतले कामचलाउको हैसियतमा काम गर्ने बाटो खोलिदिएको पनि बताए । ‘अब मेरो त खुलिहाल्यो नि’, उनले भने, ‘असंवैधानिक काम भयो भन्ने कुरा स्थापित भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण