विदेशी संस्कृति अंगाल्दा नेपाली संस्कृतिलाई भुल्यौँ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई भुल्दै गएको बताएका छन् ।
बिहीबार काठमाडौँमा हलोक्रान्ति नेपालले आयोजना गरेको बहुआमिक हलोक्रान्ति एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाली संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने भएपनि विदेशी संस्कृतिलाई ग्रहण नेपालीहरुले गरिरहेको बताए । उनले विदेशी संस्कृति भित्रिने तर नेपाली संस्कृति छोड्दै जानु नेपालको लागि चुनौतीपूर्ण रहेको बताए ।
अर्थमन्त्री महतले नेपालको वास्तविक संस्कृतिलाई पुनःस्थापित गर्न आवश्यक रहेको बताए । उनले गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्ने तर सबैलाई सहयोग गर्ने भावनालाई छोड्न नहुने बताए । उनले नेपालीहरुले आधुनिकताको नाममा पुरानो कुरा निरन्तरता दिने भन्दा पनि छोड्दै जाने प्रवृत्ति बढेको बताए ।
अर्थमन्त्री महतले नेपालीहरुले अहिले आत्मसाथ गरेको खानपान, जीवनशैलीलाई पुनः विचार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले वर्तमान सरकारले नेपालको पुरानो रैथाने बालीलाई संरक्षण गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको बताए ।
अर्थमन्त्री महतले नेपाली रैथानेबाली भित्र पर्ने कोदोको ढिँडो अहिले उत्कृष्ट देखिएको बताए । उनले विदेशी नकारात्मक भन्दा पनि सकारात्मक पक्षलाई मात्रै ग्रहण गर्नुपर्ने बताए । उनले पछिल्लो समय विदेशी मुलुकका मानिसहरुले पूर्वीय कला संस्कृत सिक्न थालेको बताए । उनले नेपालले नेपाली सभ्यताको कोर भ्यालुलाई स्थापित गर्ने गरी कायम राख्न सकियो भने मुलुक समृद्ध हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण