कपिलबस्तुमा दुर्घटनाः नौ जना घाईते, दुई चालकको अवस्था गम्भीर
कपिलवस्तु कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ कुन्दे्र खोला नजिक महेन्द्र राजमार्गमा आज बिहान बस र ट्रक आपसमा ठक्कर खाँदा नौ जना घाईते भएका छन् ।
पुर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ६३५४ नं. को बस र बिपरीत दिशाबाट आईरहेको ना ५ ख ९०१२ नं.को ट्रक तीव्र गतिका कारण आपसमा ठक्कर खाँदा दुवै गाडीमा गरी नौ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
दुर्घटनामा बस चालक चितवनका ३४ वर्षीय सुर्य रिमाल र ट्रक चालक दाङ गडवा गाउँपालिका–२ का २८ वर्षिय सुन कुमार चौधरी गम्भीर घाईते भएको प्रहरीले बताएको छ ।
टाउको र खुट्टामा गम्भीर चोट लागेका दुवैको अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । अन्य घाइतको सामुदायीक अस्पताल जितपुर तथा स्थानीय क्लिनिकहरुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


बस र ट्रक ठोक्किँदा दुबै गाडीको अगाडीको भागमा ठूलो क्षति पुगेको छ । दुवै गाडी प्रहरीको नियन्त्रणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण