विद्यालयको खाजा कार्यक्रमको खुलेर प्रशंसा भयो : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय तहको खाजा कार्यक्रमको खुलेर प्रशंसा भएको बताएका छन् । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफूले सम्बोधन गरेर फर्किन नपाउँदै बधाई दिनेको ताती लागेको उल्लेख गरे ।
‘अझ बालबालिकाको स्कुलको खाद्यका विषयमा खुले सबैले प्रशंसा गरे । मैले बोलेर तल झर्न नपाउँदै बधाई दिनेको ताती भयो । यो नै हो गर्ने भन्या जस्तो गरेर चर्चा भयो’ प्रचण्डले भने, ‘त्यसपछिको शेख हसिनासँगको मिटिङमा पनि राम्रो भयो । ति सबै नेपालको राष्ट्रिय हितमा बैठक भएको महसुस गरेको छु ।’
प्रचण्डले आफ्नो इटाली भ्रमण उपलब्धिमूलक भएको उल्लेख गरे । ‘हामी उपयुक्त समयमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण फोरम (एफएओ) र अरू फोरममा सक्रियतापूर्वक सहभागी भयौँ । २ दिनसम्म यस्तो स्थिति थियो कि संसारभरका राष्ट्रपति सरकार प्रमुखहरू र सबै मन्त्रीहरू हलमा खचाखच भयो । त्यहाँ नेपालै नेपाल देखिन्थ्यो । कि नोट स्पिकर, कार्यक्रम सुरु गर्ने अरू थुप्रैमा सबैतिर नेपालै नेपाल हुँदा संसारभर राम्रो सन्देश प्रसारित भएको छ’ प्रचण्डले भने, ‘राष्ट्रसङ्घका महासचिव र एफएओका डाइरेक्टरसँग खुला दिलले कुरा भयो । उहाँहरुले नेपाललाई अझ सहयोग बढाउने कुरामा प्रतिबद्धता जनाउनु भएको छ ।’
कतिपय मिडियाका पत्रकारले प्रधानमन्त्री जानै नहुने कार्यक्रममा सहभागी भएको भन्दै आलोचना भएको विषयमा प्रचण्डले खण्डन गरे । ‘कतिपय पत्रकार साथीहरूले प्रधानमन्त्री नगए पनि हुने हो । कहिले पनि गएको थिएन भनेर उल्लेख गरियो’ प्रचण्डले भने, ‘यो कार्यक्रम सुरु हुन थालेको २०२१ बाट रहेछ । त्यसपछि अहिले भएको हो । २०२१ मा नेपालको प्रधानमन्त्रीले संसारभर भचूअल मिटिङ भएको रहेछ ।’
पत्रकारले समेत राम्रोसँग अध्ययन गरेर बुझेर लेख्नुपर्ने प्रचण्डले बताए। देशलाई फाइदा हुने गरी कलम चलाउन प्रचण्डले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण