सुलिकोटमा स्वास्थ्य शिविर, ६ सय ४१ जना लाभान्वित
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय ४१ जना लाभान्वित भएका छन् । गाउँपालिकाको वडा नं १ स्थित बारपाक स्वास्थ्यचौकीमा भएको शिविरमा स्थानीयले स्वास्थ्य सेवा लिएका गाउँपालिकाले जनाएको छ ।
शिविरमा बिरामीले रगत परीक्षण, इसिजीलगायत उपचार सेवा लिएका गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । गोरखा अस्पताल र ग्रिनसिटी हस्पिटलको प्राविधिक सहयोग तथा मुटु फाउन्डेशन, मनोज एसोशियसन, नमस्ते फ्रान्स ग्रेनोबल युनिभर्सिटीको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको उनले बताए ।
वडा कार्यालयको आयोजना, बारपाक सामुदायिक वन उपभोक्ता समितिको सहआयोजना भएको उक्त शिविरको पहिलो दिनमा दुई सय एकले सेवा लिएका थिए भने दोस्रो दिन चार सय ४० भन्दा बढीले सेवा लिएको स्वास्थ्य शिविरका संयोजक धनबहादुर गुरुङले जानकारी दिए ।
सेवा लिनेमध्ये एक सय २४ को ल्याब, एकसय ७० को सुगर परीक्षण, ८१ को इसिजी परीक्षण र एक सय ८० को भिडियो एक्स–रे गरिएको उनले बताए । उनका अनुसार शिविरमा आउने अन्य बिरामीले पनि उपचार गराएका थिए ।
गोरखा अस्पतालका स्त्रीरोग विशेषज्ञ दीक्षा पौड्याल, डा. अनुरुद्र थपलिया, ग्रिनसिटी अस्पतालका डा निदान रावल, डा. रोशन भक्तिलगायत चिकित्सकको टोली शिविरमा संलग्न रहेका स्वास्थ्य शिविरका संयोजक गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण