‘फस्दै गएछु...’ मा दिप्शन र साक्षीको मनछुने अभिनय

काठमाडौंँ । किड्स क्यापिटल नेपाल २०२३ का विजेता दिप्शन चिलुवाल तथा किड्स क्यापिटल नेपाल २०२२ की पब्लिक च्वाइस अवार्ड विजेता आश्रिया थापाको डेब्यू अभिनय रहेको गीत ‘फस्दै गएछु...’ सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमकाबीच गीत काठमाडौं यूरो स्कूलका निर्देशक तथा प्रिन्सिपल डा.दिपक गुप्ता, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशक कृष्ण विक, अभिनेता श्रीदेव भट्टराई, कलाकार गोपाल ढकाल, निर्देशक रोशन श्रेष्ठ लगायतले गीत सार्वजनिक गरेका हुन् ।
सुमन केसीको स्वर रहेको गीतको भिडियोमा दिप्शन र आश्रिताको अलवा अभिनेता एसराज गराच, अभिनेत्री साक्षी लम्सालको पनि अभिनय छ ।
डिपी खनालका शब्द र देवेन्द्र बरालको संगीत रहेको गीतको भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी तथा संकल भुजेलको छायांकन छ ।
दीपेन्द्र चिलुवाल तथा सजना केसीद्वारा निर्माण गरिएको यो भिडियोलाई मनोज कार्कीले सम्पादन र शिशिर खातीले निर्देशन गरेका हुन् । भिडियोमा बाल मनोविज्ञानको बिषय देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
खर्च नभएको रकमको वैशाखीमा प्रदेशको बजेट : ठुलो आकार, कमजोर आधार