एकीकृत समाजवादीका तीनै तहका बैठक स्थगित
शनिबार, १३ साउन २०८०, १८ : ५०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यसअघि तय गरेको पार्टी कमिटीका तीनै तहका बैठक स्थगित गरेको छ । सो पार्टीले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाएको थियो ।
जसअनुसार साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय थियो । तर, तयारी नपुगेको भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरेको हो । प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले आवश्यक तयारी नपुगेकाले एक साता पछि बस्ने गरी तीनवटै बैठक स्थगित गरिएको बताए ।
यसअघि साउन पहिलो साता सम्पन्न सचिवालय बैठकले तीनै तहका बैठक बस्ने मिति निर्धारण गरेको थियो । ‘आवश्यक तयारी नपुगेकाले सबै बैठक एक साता पछि धकेल्ने कुरा छ । भोली बस्ने सचिवालय बैठकले औपचारिक निर्णय गर्छ’, प्रचार विभाग खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण