सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका तीनै तहका बैठक स्थगित

शनिबार, १३ साउन २०८०, १८ : ५०
शनिबार, १३ साउन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यसअघि तय गरेको पार्टी कमिटीका तीनै तहका बैठक स्थगित गरेको छ । सो पार्टीले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाएको थियो ।

जसअनुसार साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय थियो । तर, तयारी नपुगेको भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरेको हो । प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले आवश्यक तयारी नपुगेकाले एक साता पछि बस्ने गरी तीनवटै बैठक स्थगित गरिएको बताए ।

यसअघि साउन पहिलो साता सम्पन्न सचिवालय बैठकले तीनै तहका बैठक बस्ने मिति निर्धारण गरेको थियो । ‘आवश्यक तयारी नपुगेकाले सबै बैठक एक साता पछि धकेल्ने कुरा छ । भोली बस्ने सचिवालय बैठकले औपचारिक निर्णय गर्छ’, प्रचार विभाग खतिवडाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप