सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको थियो । विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य १ लाख १२ हजार ९५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण