आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बाढीमा फसेका चार जनाको सकुशल उद्वार

आइतबार, १४ साउन २०८०, ११ : ५९
आइतबार, १४ साउन २०८०

कास्की । कास्कीको पोखरा महानगरपालिका १३ काहुँखोला साझा स्थित बिजयपुर खोलामा फसेका चार जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ 

निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढिमा सोही ठाउँ बस्ने २३ वर्षिय प्रेम सुनार, ४० वर्षिय सुदिप गुरुङ्ग, २८ वर्षिय अर्जुुन वि.क. र १९ वर्षिय क्षितिज नेपाली फसेका थिए ।
 सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिई उनीहरुको सकुशल उद्वार गरेको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप