मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘रावायण’ मा दोहोरो भूमिकामा देखिँदै अनमोल

आइतबार, १४ साउन २०८०, १३ : ०२
आइतबार, १४ साउन २०८०

काठमाडौँ । निर्देशक सुदर्शन थापा अहिले नयाँ फिल्म ‘रावायण’ को तयारीमा छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी देखिने भएका छन् । फिल्मका लागि अनमोल र निर्देशक थापाबीच सम्झौता भैसकेको छ ।

सुदर्शनले आफ्नै होम प्रोडक्शनबाट यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ । फिल्ममा अनमोलको दोहोरो भूमिका रहने बताइन्छ । फिल्मको अन्य कलाकार छनौटको क्रममा छन् ।

फिल्मको काम भदौबाट सुरु हुनेछ । फिल्मको कथा शिवम् अधिकारीले लेखिरहेका छन् । अनमोल यसै फिल्ममार्फत पहिलोपटक दोहोरो भूमिकामा देखिन लागेका हुन् । ‘रावायण’को अलवा अनमोल फिल्म ‘फर्कि फर्कि’मा समेत छिट्टै देखिनेछन् ।

अनमोल पछिल्लो समय फिल्म ‘छड्के २’ मा देखिएका थिए । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्मले दर्शक रिझाउन सकेन ।

काभ्रे फिल्मस्को ब्यानरमा निर्माण भएको ‘छड्के २’ मा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुलको निर्माण सहकार्य 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप