सारुक ताम्राकारको मोबाइल परीक्षण गर्दा थप तथ्य खुल्यो
काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । ताम्राकारको मोबाइल परीक्षण गर्दा नोट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए ।
३१ वर्षीय अभिनेता सारुक रातोपुल स्थित घरमा असार २८ मा मृत भेटिएका थिए । प्रहरीले ताम्राकारको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो ।
‘फरेन्सिक ल्याबबाट रिपोर्ट आएको छ’ एसएसपी कार्कीले भने, ‘ल्याबको रिपोर्टको आधारमा थप अनुसन्धान गर्दैछौँ।’
राति ११ बजे खानेपानीको पाइपमा झु'न्डिएको अवस्थामा उनी भेटिएका थिए । विवाहमा गएर फर्केका परिवारका सदस्यहरूले ढोका खोल्न आग्रह गर्दा ढोका नखुलेपछि करिब ३ घण्टापछि स्थानीयको सहयोगमा परिवारका सदस्यहरू भित्र पसे । घरभित्र सारुक मृत देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटनास्थलमा पुग्दा उनको मोबाइलमा गीत बजिरहेको थियो । घटनास्थलमा पुगेका एक जना प्रहरी अधिकृत भन्छन्, ‘युट्युवमा गीत बजिरहेको थियो ।’
धेरैको आशंका छ–‘सारुकलाई मृत्युको बाटो रोज्न बाध्य बनाइएको त थिएन ?’ तर, प्रहरीले मोबाइल बाहेक घटनास्थलमा ‘दुरुत्साहन’का लागि प्रमाण लाग्ने ‘सु'साइड नोट’ लगायतका दशी फेला थिएन ।
डिजिटल फरेन्सिक ल्याबमा प्राविधिक जनशक्ति थोरै भएको हुनाले फरेन्सिक जाँच रिपोर्ट ढिला आएको प्रहरीको भनाइ छ । मोबाइलको रिपोर्टको आधारमा फोन सम्पर्क र म्यासेज विश्लेषण गरेर उनीविरुद्ध दुरुत्साहन भएको थियो कि थिएन भन्नेबारे ‘विश्लेषण’ गरिने अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।
सारुकले चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण