सारुक ताम्राकारको नोट : ‘कसैलाई दोष छैन, अर्को जन्म मेरी आमाकै कोखमा जन्म पाऊँ’
काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट आएको छ । प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याबबाट ताम्राकारको मोबाइल जाँच रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक कार्कीका अनुसार ३१ वर्षीय सारुकले लेखेको ‘१ पेज लामो’ सुसाइड नोट मोबाइलमा भेटिएको छ । सारुक असार २८ मा घरमा मृत अवस्थामा भेटिएका थिए ।
मोबाइलमा नोट लेख्दै सारुकले आफ्ना सबै साथीभाइलाई सम्झेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आफ्नो मृत्युमा उनले कसैलाई आरोप लगाएका छैनन् ।’
‘साथीभाइ, आमा र बुवालाई उनले सम्झना गरेका छन्’, ती अधिकृतले भने, ‘आफ्नै कारण घटना भएको नोटमा लेखेका छन् ।’
आफ्नो मृत्युमा कसैलाई दोष नदिएका सारुकले आमालाई सम्झदै भनेका छन्, ‘अर्को जन्म मेरी आमाकै कोखमा जन्म पाऊँ ।’
नोटमा उनले थप लेखका छन्, ‘पुलिसहरू डन्ट फ..* मि कन्ट्रोभर्सी, इट्स अल माई फल्ट । यो सबै यहीँ अन्त्य हुनु थियो, बन्द भयो । मेक मि रेस्ट इन पिस ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण