शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेका निर्माण व्यवसायीद्वारा सिडिओ कार्यालयमा धर्ना

आइतबार, १४ साउन २०८०, १३ : ५८
आइतबार, १४ साउन २०८०

धुलिखेल । काभ्रेका निर्माण व्यवसायीले आज जिल्ला प्रशासन कार्यलय काभ्रे धुलिखेलमा धर्ना दिएका छन् । निर्माण ब्यवसायी संघ काभ्रेको आयोजना भएको धर्ना कार्यक्रममा सम्पन्न भएका योजनाको भुक्तानी गर्नुपर्ने, मूल्य समायाेजन, एकमुष्ट म्याद थप लगायतका मागहरु अघि सारिएको छ ।

स्थानीय, प्रदेश र केन्द्र सरकारले निर्माण व्यवसायीको रकम भुक्तानी नगरेको, उपभोक्ता समितिको नाममा साना व्यवसायीहरुलाई कामविहीन बनाएको र मूल्य समायोजना नगरेको भन्दै व्यवसायी आन्दोलित हुनुपरेको निर्माण व्यावसायी महासंघका केन्द्रिय सदस्य उपेन्द्र घिसिङले जानकारी दिए ।

कोरोना कहर, आर्थिक मन्दीको समयमा निर्माण व्यवसायी धरासायी हुँदै जाँदासमेत सरकारले ध्यान नदिएको व्यवसायीको गुनासो छ ।  निर्माण व्यवसायी हरूले बिहान १० बजेदेखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यलय घेराउ सहित धर्ना दिएका हुन् ।

निर्माणका व्यवसायीहरूले केही दिन यता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुदेँ मागसहित आन्दोलन गर्दै आएका थिए। प्रर्दशनमा व्यवसायीहरूले बिमा निर्दैशिका २०७८ खारेज गर्नु पर्नै जुन सुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने विभिन्न निकाएमा काम गरेबापतको रकम तुरून्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड र ब्यानर बोकेर प्रदर्शन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप