सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न एमालेको माग

आइतबार, १४ साउन २०८०, १९ : ११
आइतबार, १४ साउन २०८०

जनकपुरधाम । मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न नेकपा एमालेले माग गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई आइतबार पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरिएको हो । 

एमालेका प्रदेश प्रमुख सचेतक लखनदास तत्मा नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउँदै मधेसमा देखिएको खडेरीको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

ज्ञापन पत्रमा मधेस प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानहरुलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । 

यस्तै, हाल पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग निदान तथा नियन्त्रणको लागि प्राविधिकहरु परिचालन गरी खोपको व्यवस्था गर्नुपर्ने साथै मृत पशुधनीहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने ज्ञापनमा उल्लेख छ ।

मधेस प्रदेश सरकारले प्रदेशभरका किसानहरुका लागि उन्नत बीउविजन, सिँचाई तथा मलखाद सरल र सहज उपलब्धताको सुनिश्चित गर्न पनि ज्ञापनपत्रमार्फत् माग गरिएको छ ।

त्यस्तै, कृषि विद्युतीकरणसँग आवद्ध किसानहरुका लागि चौबीसै घण्टा विद्युत आपूर्तिको व्यवस्था हुनुपर्ने र राहतस्वरुप यस वर्षको विद्युत महसुल प्रदेश सरकारले तिरिदिनुपर्ने माग छ ।

प्रमुख सचेतक दासको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा किसानका समस्या निकासमा ध्यान दिने प्रतिक्रिया दिए । 

gyapan umlgyapan uml2

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप