प्रधानमन्त्रीद्वारा मुख्य सचिवसहितका सचिवहरुसँग छलफल, आवश्यक निर्देशन
आइतबार, १४ साउन २०८०, २० : १०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग छलफल गरेका छन् ।
सो क्रममा प्रधानमन्त्रीले समसामयिक विषयमा हालसम्म भएका गतिविधिहरुको जानकारी लिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिए ।
सो क्रममा प्रधानमन्त्रीले लम्पी स्किन, डेंगी जस्ता संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसङ्ग समन्वय गर्ने, निर्माण हुन बाँकी कानुनहरु शीघ्र अगाडि बढाउने विषयमा आवश्यक निर्देशन दिएको उनको भनाइ छ ।
साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सेवा प्रवाह, राष्ट्रिय गौरवका एवम् ठूला आयोजनाहरूको अनुगमन तथा निरीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिएको भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण