प्रहरीमा किटानी जाहेरी दिन पुगेको सारुकको परिवार किन त्यत्तिकै फर्कियो ?
काठमाडौँ । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको अझै सुल्झिन सकेको छैन ।
आत्महत्याको विषयमा प्रहरीले उनको मोबाइलबाट ‘१ पेज लामो’ सुसाइड नोट भेटेको जनाएको छ । मोबाइल नोटमा सारुकले आफ्ना सबै साथीभाइलाई सम्झेका छन् कसैलाई आरोप नलगाएको बताइएको छ ।
यसैबीच आत्महत्याको अनुसन्धान सुस्त देखियो भन्दै आइतबार दिउँसो सारुककी आमा कलाकार संघको एक टोलीसहित किटानी जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेकी थिइन् । तर, प्रहरीले प्रारम्भिक निवेदनको आधारमा नै अनुसन्धान भइरहेको भन्दै किटानी जाहेरी नलिएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए ।
‘हामी कलाकार संघको एक टोली सारुकको अनुसन्धानमा दबाब दिन उनकी आमासहित किटानी जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका थियौ’, निरौलाले भने, ‘एसएसपी सा'बले प्रारम्भिक निवेदनकै आधारमा अगाडि बढिरहेका छौं । यदि जाहेरी चाहिएको अवस्थामा माग्छौं भन्नुभयो ।’
यो केशमा राम्रोसँग अनुसन्धान भैरहेकाले यसलाई प्रभावित हुने गरी कुनै कार्य नगरिदिन समेत प्रहरीले परिवारलाई अनुरोध गरेका निरौलाको भनाइ छ ।
किटानी जाहेरीमा कसको नाम थियो भन्नेबारे निरौलाले खोल्न चाहेनन् ।
सारुककी आमासँग कलाकार संघका अध्यक्ष निरौलासहित संघका महासचिव सविन श्रेष्ठ, पूर्वअध्यक्ष रवीन्द्र खड्का लगायत सहभागी थिए ।
सारुकका पिता भने अहिले अस्वस्थ भएका कारण शनिवारबाट नर्भिक अस्पतालमा उपचारार्थ छन् । गत असार २१ गते सारुक रातोपुलस्थित आफ्नो घरमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
आत्महत्या अगाडिसम्म उनी फिल्म ‘ह्यासट्याग माया’को सुटिङमा सक्रिय थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण