काठमाडौंका पूर्व मेयर पीएल सिंह अस्वस्थ, गरियो पेटको शल्यक्रिया
सोमबार, १५ साउन २०८०, १३ : ४६
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंह अस्वस्थ भएका छन् । आइतबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको उनको उपचार भइरहेको छ ।
८४ वर्षीय सिंह केही समयदेखि अल्सरको समस्याबाट पीडित थिए। ८४ वर्षीय सिंहलाई अल्सर भएको र आन्द्राबाट ‘ब्लिडिङ’ भएको थाहा भएपछि अपरेसन गरिएको सिंहका भाइ इन्द्रलाल सिंहले बताए ।
अहिले पिएललाई ‘अब्जरवेसन’मा राखिएको इन्द्रलालले बताए । गणेशमान सिंहका प्रमुख सहयोगी भएर पीएलले काम गरेका थिए ।
काठमाडौँ महानगरपालिकाका मेयर रहिसकेका सिंह मन्त्रीसमेत रहेका थिए। उनले पछिल्लो समय कांग्रेस परित्याग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण