साइप्रस पठाइदिन्छु भनेर ठगेको आरोपमा पक्राउ
सोमबार, १५ साउन २०८०, १५ : १७
काठमाड । साइप्रस पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ घर भएर काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने राजन गिरी छन् ।
३३ वर्षीय राजन आइतबार पक्राउ परेका हुन् । आरोपितले सौरभ नेपाललाई साइप्रसस्थित प्रतिष्ठित कम्पनीमा एक लाख तलव आउने जागिर मिलाइदिन्छु भनेर दुई लाख रुपैयाँ ठगेको पीडितले बताएका छन् । पीडितसँग पटक पटक गरेर नगद लिएपछि उन सम्पर्कबिहिन भएका थिए ।
वैदेशिक रोजगार विभागको पत्रको आधारमा गिरीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
-
'बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन'
-
ई–पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मनी कम्पनीका प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण