मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार हुँदै, साँझ ५ बजे शपथ
जनकपुरधाम । मधेस प्रदेशमा सोमबार पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा जुटेका छन् । मधेस प्रदेशमा रिक्त दुई मन्त्रालयमध्ये कांग्रेसबाट एक र बिना विभागीय बनाइएकी जसपाका एक मन्त्रीले जिम्मेवारी पाउने भएका छन् ।
कांग्रेसबाट मोहम्म्द समिम गृह, सञ्चार तथा कानुन मन्त्री बन्ने भएका छन् भने बिना विभागीय मन्त्री सुरिता साह (जसपा) श्रम तथा यातायात मन्त्री बन्ने निश्चित भएको छ । पार्टीबाट मन्त्रीको नाम सिफारिस भएर आइसके पनि मुख्यमन्त्रीले उनीहरुलाई मन्त्रीको रुपमा नियुक्त भने गरिनसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जनाए ।
उनका अनुसार सोमबार नै उनीहरुलाई मन्त्रिपरिषदमा जिम्मेवारी तोकेर अपराह्न ५ बजे शपथ ग्रहणको तयारी भइरहेको छ ।
यसअघि जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले सोमबार नै राजीनामा दिएका छन् । उनीहरूलाई पछिल्लो समय बिना विभागीय भूमिकामा राखिएको थियो । जनमतका नेता बीपी साहका अनुसार पार्टीका प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका रूपमा मञ्जु खंगलाई सरकारमा पठाउने तयारी छ । तर, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अग्रहरीले जनमतबाट अहिले मन्त्री बनाउनेबारे टुङ्गो भइनसकेको बताए ।
यता जनमत पार्टी श्रम तथा यातायात मन्त्रालय पाउनेमा ढुक्क छ । जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार जनमतलाई श्रम तथा यातायात मन्त्रालय दिनेगरी मुख्यमन्त्रीसँग राति छलफल भएको थियो । त्यस यता केही जानकारी नआएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण