आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीहरु अनुसन्धानमा तानिने डरले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न सरकार डरायो : पदम गिरी

सोमबार, १५ साउन २०८०, १८ : ४२
सोमबार, १५ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार मन्त्रीहरु अनुसन्धानमा तानिने डरले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन बनाएर अनुसन्धान गर्न डराएको बताएका छन् ।  

सोमवार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिचकिचाइरहेको बताए । उनले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने बताए ।

प्रमुख सचेतक गिरीले नेपाल सुन तस्करीको हब बन्न लागेको भन्दै दुःख व्यक्त गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप