ट्राफिक प्रहरीले २१ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्यो
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका २१ वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
योसँगै साउन महिनामा २९ वटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।
यस्तै चोरीको मोटरसाइकलसहित साउन १२ गते काठमाडौँको तारकेश्वर नगरपालिका ५ गुम्बाबाट नियन्त्रणमा आएका १ जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।
सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण