रुपन्देहीका मुख्य सहरमा विद्युतीय तारको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
बुटवल । रुपन्देहीका मुख्य सहरमा विद्युत् पोलमा जथाभावी टाँगिएका विभिन्न सेवा प्रदायक कम्पनीका तारहरू व्यवस्थित बनाउन स्थानीय तहहरूले धमाधम काम गरेका छन् ।
सहर कुरूप बनाउने र विद्युत् सर्ट हुँदा आगलागीको समेत खतरा भएपछि बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले पोलमा टाँगिएका इन्टरनेट, केवल कम्पनी, टेलिकमका तार काट्न सुरु गरेका छन् ।
सम्बन्धित पालिकाले सेवा प्रदायक कम्पनीलाई तार व्यवस्थापन गर्न समयसीमा सहित निर्देशन दिएका छन् । तोकिएको समयभित्र तार व्यवस्थापन नगरे पालिकाले नै काट्ने काम गर्दै आएको जनाइएको छ ।
बुटवलका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सर्वपक्षीय बैठक बसेर तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको जानकारी दिए । उक्त कार्यदलले रुपन्देहीका विभिन्न स्थानीय तहमा तार व्यवस्थापनको काम गरेको छ ।
तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण आफैँले विद्युतको पोलमा चढेर केही अनावश्यक तार हटाउने काम गरेको सुरुवात गरेका थिए । नगर प्रमुख खाणले पोलहरूमा जथाभाबी टाँगिएका तारले नगरलाई कुरूप बनाएको मात्र नभई आगलागी र दुर्घटनाको जोखिम समेत निम्त्याएकाले व्यवस्थित बनाउन थालिएको बताए ।

सिद्धार्थ नगरपालिकाले पनि सूचना जारी गर्दै तार हटाउन निर्देशन दिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले केही ठाउँमा तार व्यवस्थापन भएको र बाँकी ठाउँमा नगरपालिकाले केही दिनमै तार हटाउने अभियान थाल्ने बताए ।
वर्ड लिङ्क कम्पनीमा बुटवल प्रोजेक्ट प्रमुख दीपेन्द्र कार्कीले आफ्नो कम्पनीले धेरै ठाउँमा तार व्यवस्थापन गरेको र बाँकी ठाउँमा पनि व्यवस्थापन भइरहेको जानकारी दिए । उनले तारहरू पूरा हटाउने नभई लत्रिएका, चुँडिएका तारलाई व्यवस्थित गरेर सुरक्षित र सुन्दर देखाउने काम भएको भन्दै त्यसमा आफूहरूले सक्दो सहयोग गरेको बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकारी तथा उपनिर्देशक सूर्यप्रसाद लामिछानेले प्रमुख सहरहरूमा विद्युत् प्राधिकरणसँग समन्वय गरी तार, पोल र अप्टिकल फाइबर व्यवस्थापनको काम गर्ने योजना अघि बढेको जानकारी दिए ।




_hB2ZJk8ip5.jpg)



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण