ॐ हस्पिटलमा वैद्य अर्गनाइजेशनका कर्मचारीलाई उपचारमा छुट
काठमाडौँ । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र वैद्य अर्गनाइजेशन बीच विशेष छुटसहित सेवासम्बन्धी सम्झौता भएको छ ।
वैद्य अर्गनाइजेशनको कार्यलयमा आयोजित कार्यक्रममा सेन्टरका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत तथा वैद्य अर्गनाइजेशनका निर्देशक वेदबहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
वैद्य अर्गनाइजेशनका सदस्य र कर्मचारीहरूको लागी आवश्यक स्वास्थ्य उपचार सेवा सुलभ र सहज रूपमा पु–याउने उद्देश्यले सम्झौता गरेको समाचारमा जनाइएको छ ।
सम्झौता अनुसार वैद्य अर्गनाइजेशनसँग सम्बन्धित कर्मचारी तथा निजका परिवारका सदस्यहरूले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ अन्तर्गत पूर्णकालीन आवश्यक सेवाहरू विशेष छुटमा सहजरुपमा लिन सक्नेछन् ।
सम्झौतामा चिकित्सकसँगको परामर्श, विशेषज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परीक्षण तथा प्रि हेल्थ चेकअप सेवा लगायतका सुविधाहरू उपलब्ध हुने जनाइएको छ ।
ॐ अस्पतालले कर्पोरेट डेस्क मार्फत वैद्य अर्गनाइजेशनको संस्थागत सिफारिसमा उपचार तथा परीक्षणका लागि आउनुहुने सेवाग्राहीका लागि सम्पर्क व्यक्तिको समेत व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण