काठमाडौँका डेन्टल अस्पताल अनुमतिविनै सञ्चालन, अदक्ष जनशक्ति प्रयोग
काठमाडौँ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले काठमाडौँका विभिन्न डेन्टल अस्पताल, क्लिनिक, फिजियोथेरापी, आँखा क्लिनिक तथा पोलिक्लिनिकहरूमा आकस्मिक अनुगमन गरेको छ।
परिषद्का सदस्य मुकेश कुमार झाको संयोजकत्वमा तथा काठमाडौँ जनस्वास्थ्य कार्यालयका प्रतिनिधिसहितको अनुगमन समितिले चाबहिल, पानीपोखरी, बौद्ध, जोरपाटी लगायतका क्षेत्रमा रहेका नेशनल डेन्टल हस्पिटल, पिपल्स डेन्टल हस्पिटल, ओम समाज डेन्टल हस्पिटल, आरोग्य डेन्टल लगायत ९ वटा संस्थाहरूको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा अधिकांश डेन्टल अस्पताल तथा क्लिनिकहरूमा बागमती प्रदेशको संस्था सञ्चालन मापदण्ड अनुसार पर्याप्त सङ्ख्यामा डेन्टल हाइजिनिस्ट र दर्तावाल डेन्टल असिस्टेन्ट नराखिएको र कतिपय स्वास्थ्य संस्थाहरू जनस्वास्थ्यको अनुमति विना नै सञ्चालन भइरहेको गम्भीर लापरबाही फेला परेको छ।
अनुगमन समिति संयोजक झाले ननरेडियोग्राफरले एक्सरे र सिटिस्क्यान गरेको समेत पाइएको बताए। सो अनुगमनका क्रममा एक्सरे, डेन्टल लगायतका विभिन्न विधामा नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ को दफा २० विपरीतका कार्यहरू व्यापक रूपमा भइरहेको पाइएकाले कानुन अनुसार कडा प्रक्रिया अगाडि बढाइने समिति संयोजक मुकेश झाले जानकारी दिए।
अनुगमनमा सहभागी समितिका सदस्य तथा परिषद्का पूर्व सदस्य माइकल देवकोटाका अनुसार अधिकांश डेन्टल अस्पताल र क्लिनिकहरूमा परिषद्मा दर्ता नै नभएका र सामान्य तालिम मात्र लिएका अदक्ष जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा काममा लगाइएको पाइएको छ। जुन परिषद्को ऐन,आचारसंहिताको न्यूनतम मापदण्ड र पूर्वाधार निर्देशिकाको उल्लङ्घन हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिर खिच्न ‘भिख मागेको’ ट्रम्पको दाबी, मेलोनी भन्छिन्, ‘यो मनगढन्ते हो’
-
तनहुँका दश वटै पालिका पूर्णखोप सुनिश्चिता घोषणा
-
अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
-
एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी हस्तान्तरण
-
गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : गगन थापा
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण