बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री प्रचण्डलाई उपभोक्ता मञ्चको पत्र–मूल्यवृद्धि नियन्त्रण गर्नु

मङ्गलबार, १६ साउन २०८०, १८ : ०६
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले बजारको आपूर्ति व्यवस्था नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै मञ्चले चामल, चिनी र तेलको मूल्य बढेको भन्दै मूल्यभाउ नियन्त्रण गर्न आग्रह गरेको हो ।

भारतले यही साउन ४ गते बासमतिबाहेक सबै चामलको निर्यात रोकेको थियो । लगत्तै यतिबेला व्यापारीहरुले चामलको प्रतिबोरा २०० देखि ३०० रुपैयाँसम्म मूल्य बढाएका छन् ।  

यस्तै, यसअघिको सरकारले भन्सार महसुल बढाएर ४० प्रतिशत पुर्‍याएको थियो । यसलगायत विविध कारणले विगत ४ वर्षदेखि छिमेकी मुलुक भारतमा नेपाली ३३ रुपैयाँमा पाउने चिनी यतिबेला १०५ रुपैयाँ पुगेको छ ।

यसबाहेक खानेतेलको मूल्य प्रतिटिलर ३० देखि ४० रुपैयाँसम्म बढिसकेको छ । रुस–युक्रेन युद्धलाई कारण देखाउँदै नेपाली बजारमा यतिबेला खानेतेलको मूल्य ह्वात्तै बढेको छ । 

यससँगै, यतिबेला नेपाली बजारमा चामल, तेल र चिनीको मूल्य निरन्तर उकालो गतिमा छ । यसलाई नियन्त्रण गर्न मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकार समक्ष आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप