कांग्रेस बा र भगवान होइन जनताको पार्टी हो : सभापति बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेपालको राजनीति कांग्रेसले सम्हालिएर अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा कांग्रेस बागमती प्रदेश विभागका पदाधिकारी र सदस्यहरूलाई मनोनयन पत्र प्रदान तथा शुभकामना कार्यक्रममा उनले कांग्रेसले अब बलियो नेता बनाउने गरी अघि बढ्नुपर्ने बताए ।
मनोनीत संयोजक तथा सदस्यहरूलाई बधाई दिँदै कांग्रेसलाई बागमती प्रदेशमै बहुमत दिलाउने गरी क्रियाशील हुन सभापति बानियाँको निर्देशन थियो । बागमती प्रदेशले संघीय संरचनाअनुसार विभाग गठन गरेको भन्दै विधान कार्यान्वयनमा बागमती प्रदेशअघि बढेको उनले बताए ।
सभापति बानियाँले अहिले कांग्रेसमा निराशा उत्पन्न भइ पार्टी कार्यकर्ता र मतदातामा असन्तुष्ट रहेको भन्दै कांग्रेस बलियो नभइ देश विकास नहुने बताए । ‘नेपाली कांग्रेस जनताको पार्टी हो । यहाँ कोही बा र भगवान छैनन् । कांग्रेसमा सबै समान र बराबर छन् । जनताको कांग्रेस भएर अघि बढ्नुपर्छ,’ बानियाँले भने ।
कांग्रेसलाई विगतमा बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह जस्ता नेताहरूले बलियो बनाए झैं अहिले पनि नयाँ पुस्ताका नेताहरू त्यसरी नै आउनुपर्ने उनको भनाइ थियो । अब कांग्रेसको इतिहास हेरेर मात्र जनताले भोट नदिने भएकाले अहिलेदेखि नै जनताको पक्षमा काम गर्ने गरी अघि बढ्नुपर्ने सभापति बानियाँले बताए ।
सभापति बानियाँले कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य सानुकान्छा श्रेष्ठको संयोजकत्वमा प्रदेश कानुन तथा संसदीय मामिला विभाग, उपेन्द्र लम्सालको संयोजकत्वमा प्रदेश स्थानीय तह विभाग, निर्मला पण्डितको संयोजकत्वमा प्रदेश उद्योग व्यापार वाणिज्य तथा प्रविधि विभाग, राजीवराज पौडेलको संयोजकत्वमा प्रदेश युवा तथा खेलकुद विभाग, रुकु अधिकारीको संयोजकत्वमा प्रदेश गैरसरकारी संस्था तथा सामाजिक सेवा विभाग, प्रज्ज्वल दवाडीको संयोजकत्वमा प्रदेश भ्रातृसंस्था समन्वय विभाग गठन गरेका थिए ।
मंगलबार ६ वटै विभागका सदस्यहरूलाई मनोनयन पत्र प्रदान गरिएको थियो । कार्यक्रममा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीलगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण