‘सहकारीका फरार सञ्चालकलाई कानुनी दायरामा ल्याउँछौँ’
बुटवल । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सर्वसाधारणले बचत गरेको रकम फिर्ता फिर्ता भाग्ने सञ्चालकलाई जसरी पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।
भैरहवामा सहकारीबाट पीडित स्थानीयबासीहरुको आज गुनासो सुनेपछि बोल्दै मन्त्री पाण्डेयले स्थानीयस्तरमा सञ्चालित सहकारीमा कम समस्या देखिए पनि काठमाडौँ लगायत बाहिरबाट आएका सहकारीको गतिविधिबाट जनताले सास्ती खेप्नुपरेको बताए । उनी ती सञ्चालकलाई कानुनी दायरमा ल्याउन सरकार लागि परेको बताए ।
उनले सर्वसाधारणको रकम फिर्ता नगरी पैसा डुबाएर फरार सञ्चालकलाई कानुनी दायरामा ल्याएपछि क्रमशः समस्या समाधान हुनेमा विश्वस्त रहन आग्रह गरे ।
जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले जनताका मतको कदर गर्नु आफ्नो दायित्व भएको भन्दै उनले समस्या समाधानका लागि एक्लाएक्लै अघि बढ्नुभन्दा सामूहिक रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण