शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘सहकारीका फरार सञ्चालकलाई कानुनी दायरामा ल्याउँछौँ’

बुधबार, १७ साउन २०८०, १६ : ०९
बुधबार, १७ साउन २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सर्वसाधारणले बचत गरेको रकम फिर्ता फिर्ता भाग्ने सञ्चालकलाई जसरी पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।  

भैरहवामा सहकारीबाट पीडित स्थानीयबासीहरुको आज गुनासो सुनेपछि बोल्दै मन्त्री पाण्डेयले स्थानीयस्तरमा सञ्चालित सहकारीमा कम समस्या देखिए पनि काठमाडौँ लगायत बाहिरबाट आएका सहकारीको गतिविधिबाट जनताले सास्ती खेप्नुपरेको बताए । उनी ती सञ्चालकलाई कानुनी दायरमा ल्याउन सरकार लागि परेको बताए ।  

उनले सर्वसाधारणको रकम फिर्ता नगरी पैसा डुबाएर फरार सञ्चालकलाई कानुनी दायरामा ल्याएपछि क्रमशः समस्या समाधान हुनेमा विश्वस्त रहन आग्रह गरे । 

जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले जनताका मतको कदर गर्नु आफ्नो दायित्व भएको भन्दै उनले समस्या समाधानका लागि एक्लाएक्लै अघि बढ्नुभन्दा सामूहिक रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप