देउवालाई ओलीको प्रश्न : क्विन्टलका क्विन्टल सुन तस्करी भएको सुन्नुभएको छ कि छैन ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफै दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको आरोप लगाएका छन् ।
वामपन्थी नेता तुलसीलाल आमात्यको २६ औँ स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन नगर्ने समेत बताए ।
‘मजदुरी गर्न विदेश गएको एक सर्वसाधारण १० वर्ष पछि घर फर्किँदा आमालाई ल्याएको सिक्री एयरपोर्टबाट खोसेर लान्छ सरकार । तर दिनको क्विन्टल सुन तस्करी गराउँछ यो सरकारले’, ओलीले प्रश्न गर्दै भने, ‘कसले गराउँछ यो ? किन बसेको त त्यहाँ ? तनखा खुवाएर किन मान्छे राखेको ?’
उनले सुन तस्करीको उच्चस्तरीय छानबिन समिति बनाउँ भन्दा सरकारले नमानेको समेत बताए । ‘किन मान्दैन सरकार ? हामी छानबिन गर्दैछौ भन्छ । उहाँहरु आफै मुछिनुभएको छ । त्यो सिग्रेटमा ल्याएको साढे नौ किलो सुन जफत गरेर राखिएको थियो तर गोदामबाटै हरायो भनेर अहिले सुन्छु’, ओलीको भनाइ छ ।
उनले सुन तस्करीबारे संसद्मा गृहमन्त्रीको जवाफ सुनौँ भन्दा समेत नमानेको बताए । उनले त्यत्रो सुन ल्याउँदा सबैले देख्ने तर सरकारले नदेख्ने गरेको बताए । अध्यक्ष ओलीले यत्रो तस्करी हुँदा कांग्रेस पार्टी चुइँक्क बोल्न नसकेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै भने, ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु । देउवाजी तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेले बाहेक अरूले देश चलाउनै नसक्ने दाबी समेत गरे । ‘सकेन नि । दश टाउके भएर पनि चलाएनन् । हामी हुँदा त्यत्रो कोभिड हुदा पनि देश तहसनहस हुन दिएका थिएनौ । हामी हुँदा ३,४ लाख विदेश गएका थिए अहिले ११ लाख गएका छन्’, ओलीले भने, ‘त्यति धेरै मान्छे विदेश गए पनि १० खर्व रेमिट्यान्स पनि आउँदैन ।’
अध्यक्ष ओलीले राष्ट्रिय हितका लागि काम गर्न एमालेले मिसन २०८४ अभियान चलाएको पनि बताए । उनले भने, ‘देशलाई माया गर्ने र परिवर्तनकारी शक्तिहरु सानातिना कुरा छोडेर आउनुस् परिवर्तनका लागि एकजुट भएर अघि बढ्नुपर्छ । राष्ट्रिय शक्ति बन्नुपर्छ । एमाले राष्ट्रिय शक्तिको अगुवामा मात्र हुन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण