सरिता र सविनको स्वरमा आयो जिस्केर मस्केर
बिहीबार, १८ साउन २०८०, ०८ : ३१
काठमाडौं । गीतकार डब्बु क्षत्रीको रचना तथा संगीतकार दीपक शर्माको संगीतमा नयाँ लोकगीत ‘जिस्केर मस्केर’को भिडियो बजारमा आएको छ । गीतलाई गायक सविन सुवेदी र गायिका सरिता भारतीले गाएका हुन् ।
गीतको संगीत संयोजन पनि सविनले नै गरेका छन् । सिन्धुलीको कमलाखोँचमा प्रचलित झ्यारे भाकालाई सँकलन गरेर यो गीत बनाएको गीतकार डब्बु क्षत्रीले बताए । भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका सरिता भारतीको अभिनय रहेको छ ।
गीतको भिडियोको छायाँकन ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीमा गरिएको हो । माधवराज खरेलले निर्देशन गरेको भिडियोमा तिलक रिजालको छायाँकन, विरेन्द्र भाट ‘विपिन’को सम्पादन छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण