अर्थमन्त्री डा.महतले भने–सबैले इमानदार भएर काम गरे राजश्वले लक्ष्य भेट्छ
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सबैले इमानदार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
उनले भने, ‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुपर्यो । सबै इमानदार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं ।’
डा.महतले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको बताउँदै त्यसमा राजश्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको समेत बताए ।
‘तर, बजारमा प्रशस्त माल बस्तु छ, तर राजश्व घटिरहेको छ भने त्यो अवस्थामा तपाईंहरुमाथि पनि प्रश्न उठ्छ । हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्लियौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दिएऔं यसकारण कम राजस्व उठ्यो’ उनले शंका भावमा जिज्ञासा राखे ।
जायज कुरालाई नाजायज बनाउन थालियो वा सार्वजनिकभन्दा बढी निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रुपमा व्यवसायीले अर्को बाटो रोज्ने बताउँदै अर्थमन्त्री महतले राजश्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुने बताए ।
राजश्वको लक्ष्य के छ ? गत वर्ष कस्तो प्रगति भयो ? के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा. महतले जिकिर गरे ।
आय स्रोतको ८० प्रतिशतभन्दा बढी राजश्वबाट प्राप्त हुने बताउँदै अर्थमन्त्री महतले सो भन्दा बढी भन्सार र आन्तरिक राजश्वबाट उठाउनुपर्ने बाध्यता रहेको पनि बताए ।
राजश्वबाट झन्डै आधा, ४८ प्रतिशत भन्सारबाट उठाउनुपर्ने बताउँदै उनले भन्सार योगदानको ४० प्रतिशत सुख्खा बन्दरगाह भन्सार र वीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुने बताए । यस हिसाबले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने बुझ्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण