बलिउड गायक जावेद अली नेपालमा
काठमाडौँ । भारतीय गायक जावेद अली नेपाल आएका छन् । उनी बिहीबार नेपाल आएका हुन् । शुक्रबार होटल सोल्टीमा आयोजना हुने ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन उनी नेपाल आएका हुन् । उनले नेपालमा पहिलो पटक प्रस्तुति दिन लागेका हुन् ।
फिल्म ‘रकस्टार’ को ‘कौन फाया कौन’, ‘गजनी’ को ‘गुजारिश’, ‘रांझना’ को ‘तुम तक’, ‘बजरंगी भाईजान’को ‘तु जो मिला’ लगायतका ५सय बढी फिल्मी गीतमा स्वर दिएका अली चर्चित गायक उस्ताद हमिद हुसेनका छोरा हुन् । सानैदेखि कब्वाली गायनको वातावरणमा हुर्किएका उनी विभिन्न संगीतिक रियालिटी शो हुँदै बलिउड फिल्म गायनमा छिरेका थिए ।
लिक्विड इन्टेलिजेन्सले आयोजना गर्न लागेको कार्यक्रममा अलीले आफ्ना दर्जन बढी फिल्म तथा अन्य गीत राख्नेछन् । गीतसङ्गीत प्रेमीहरूलाई सङ्गीतमा रमाउने अवसर प्रदान गर्न अलीको संगीतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण