पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडितलाई राहत रकम वितरण गरेको छ । सरोकार केन्द्रले गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर पीडितलाई रु आठ लाख ६७ हजार हस्तान्तरण गरेको हो ।
मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको परिवारलाई जनही रु १२ हजार तथा विस्थापित २७ परिवारलाई प्रतिपरिवार रु २५ हजारका दरले नगद हस्तान्तरण गरेको सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले जानकारी दिए । उच्च जोखिममा परेका २० परिवारलाई प्रतिपरिवार रु छ हजारका दरले तथा दुई बिरामीलाई जनही रु १० हजारका दरले राहत प्रदान गरिएको छ ।
सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठसँगै महासचिव सन्तोष मादेन, सहयोग सङ्कलन समितिका संयोजक मिङ्माडण्डु लामा, सदस्य अनिल खड्का, सिदिङवा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरियालगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको हो ।
गत असार २ गते राति वर्षासँगै आएको बाढी र पहिराले सिदिङ्वमा तीन जनाको मृत्यु भएको थियो भने तीन अझै बेपत्ता छन् । पालिकाको वडा नं ६ मेहेले, वडा नं ७ सुरुङिख्म र वडा नं ३ आङ्खोप बढी प्रभावित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
-
सरकारले ल्यायो नयाँ विज्ञापन नीति (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण