बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुजुकी जिम्नी र फ्रोन्क्स साउन २२ देखि देशभरका शोरुममा

शुक्रबार, १९ साउन २०८०, १२ : १६
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु अब देशभरका सबै सुजुकी शोरुमहरुमा उपलब्ध हुने भएको छ ।  २२ साउनदेखि उक्त गाडी शोरुमहरुमा उपलब्ध हुने भएको हो । 
सो दिन सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स गाडी अनावरण गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजनसीजी मोटोकर्प तथा सीजी एनएक्सटीजेनले सो एसयूभीहरु गत २९ असारदेखि नै खुला गरेको थियो । 

जिम्नीको मूल्य रू. ५९,९९,००० र  फ्रोन्क्सको मूल्य रू. ३९,९९,००० बाट मूल्य सुरुवात हुनेछन् । सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । 
यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । ‘सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ’, कम्पनीको भनाइ छ । 

 अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश छन् । 

यसैगरी नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी भएको कम्पनीको भना इछ । “द फेस अफ न्यु एसयूभी“ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र  स्पोर्टी देखिनुका साथै यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्ने कम्पनीले जनाएको छ । 
यी दुई एसयूभीको थप जानकारीको लागि

For Fronx : https://suzuki.com.np/fronx
For Jimny : https://suzuki.com.np/jimny

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप