गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग प्रधानमन्त्रीले शनिबार वार्ता गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (शनिबार) बिहान गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग वार्ता गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान ८ बजे गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायसँग वार्ता गर्ने भएका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'तपाई संयोजक रहेको गौर हत्याकाण्ड पीडित संघर्ष समितिका माध्यमबाट विभिन्न मागसहित आन्दोलन गर्ने जानकारीप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको ब्यहोरा जानकारी गराउँदछु । संघर्ष समितिका मागहरु सम्बन्धमा वार्ता संवादका माध्यमबाट तत्काल समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यूबाट निर्देशन समेत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ता संवादमा आउन हार्दिक अनुरोध छ ।'
गौर हत्याकाण्ड पीडित संघर्ष समितिले न्याय माग गर्दै आन्दोलन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण