माओवादी केन्द्रीय समिति बैठक
माओवादी बैठक लम्बिने, पदाधिकारीले निर्णय गर्ने
शनिबार, २० साउन २०८०, १४ : १०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने भएको छ । पाँच दिन बस्ने गरी सुरु भएको बैठकको आज चौथो दिन हो । तर, बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको सूची लामो भएपछि बैठक लम्बिने भएको हो ।
उपाध्यक्ष मात्रिका यादवकाअनुसार थपिएको दिनको बैठकको सम्बन्ध आज साँझ पदाधिकारी बैठक बसेर आवश्यक निर्णय लिनेछ । यादवले बैठक लम्बिएपछि बैठक बस्ने ठाउँको खोजी पनि सुरु गरिएको छ ।
शुक्रबारसम्म १ सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए । शनिबार थप २ सय जनाको हाराहारीमा बोल्ने नाम टिपाएका छन् । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते
-
जुम्लाको छुमचौर जिउलोमा मार्सीधान रोपाइँ सुरु
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
-
बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश