म्युजिक भिडियो कलाकार संघको अध्यक्षमा सम्झना
शनिबार, २० साउन २०८०, २१ : १८
काठमाडौँ। म्युजिक भिडियो कलाकार संघको अध्यक्षमा सम्झना बुढाथोकी चयन भएकी छन् । राजधानीमा आयोजित संघको छैठौं साधारणसभाले उनको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्र गौतम, उपाध्यक्षमा शिवन पोखरेल, महिला उपाध्यक्षमा मञ्जिता केसी, महासचिवमा सुनिल लामिछाने, सचिवमा बिमल अधिकारी, महिला सचिवमा सारिका केसी, कोषाध्यक्षमा देवेन्द्र क्षत्री चुनिएका छन् ।
यस्तै सदस्यमा काजिश श्रेष्ठ, बिक्रम चौहान, ओबी रायमाझी, प्रबिण थापा, चक्र बम, उषा सुवेदी र सञ्चिता शाही छानिए ।
संघको यसअघि अध्यक्षमा शंकर बिसी रहेका थिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, वरिष्ठ कलाकार तथा निर्देशक रबिन्द्र खड्का, वरिष्ठ गायक सिताराम पोखरेल, कलाकार संका अध्यक्ष मोहन निरौला लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण