समाजवादी विद्यार्थी युनियन रुपन्देहीको अध्यक्षमा यादव
बुटवल । जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी विद्यार्थी युनियन रुपन्देहीको अध्यक्षमा वीरेन्द्रकुमार यादव चयन भएका छन् । शनिबार भएको जिल्ला समितिको भेलाले यादवको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
युनियनको जिल्ला उपाध्यक्षमा राजकुमार हरिजन, अनिसुर रहमान, विनय यादव, सचिवमा कौशलेन्द्रकुमार मिश्रा, सह–सचिवमा मनिराम यादव, चन्द्रप्रकाश यादव, सुनिल उपाध्याय, कोषाध्यक्षमा पोषराज थारु, सह–कोषाध्यक्षमा अमरिस पाण्डेय, सुग्रिम यादव र अंवतिका शर्मा रहेको जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए ।
भेलाको उद्घाटन गर्दै जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले केही तत्वले संघीयताबारे भ्रम फैलाएको बताए । उनले समाज र मुलुकका लागि विद्यार्थीहरुले योगदान गर्छु भन्ने प्रण गर्नुपर्नेमा जोड दिए ।
जसपा राजनीतिक समितिका सदस्य मनिकर कार्कीले पार्टीले समाजमा रहेका समस्याको पहिचान गर्न र ती समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । पार्टीकी केन्द्रीय सदस्य रीता यादवले संघीयताबारे भ्रम फैलाउने प्रयास भैरहेकोले सजग रहनुपर्ने बताइन् ।
जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले परिवर्तनमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय अध्यक्ष रमेश यादव, कोषाध्यक्ष शत्रुधन यादव, जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादव, निवर्तमान जिल्ला अध्यक्ष रामअवतार यादव, निवर्तमान जिल्ला सचिव गोविन्द यादव, समाजवादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष विकास यादव लगायत बोलेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण