माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो, कसलाई कुन जिम्मेवारी ?
काठामाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी तोकेको छ । आइतबार बिहान बसेको पदाधिकारी बैठकले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका लागि नेताहरूको जिम्मेवारी तोकेको हो । कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय समिति बैठकमा पेस गर्दैछन् ।
एक जना पदाधिकारीले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।
अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । यसैगरी पम्फा भुसाललाई जनसंगठन हेर्ने जिम्मा दिइएको छ ।
यसैगरी कोशी प्रदेशमा चक्रपाणि खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य इन्चार्ज तोकिएका छन् ।
यसैगरी उपत्यका विशेषमा वर्षमान पुन र सम्पर्क विशेषमा गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण