‘एक्स’ (ट्वीटर) मा लेखेकै कारण जागिर गयो ? एलन मस्कले गर्नेछन् असीमित आर्थिक सहयोग
काठमाडौं । ‘एक्स’ (ट्वीटर) मा लेखेकै कारण कुनै कर्मचारीलाई उसको रोजगारदाता कम्पनी वा कार्यालयले अनुचित व्यवहार गरेको छ भने त्यस्ता कर्मचारीलाई एलन मस्कले असीमित आर्थिक सहयोग उपलब्ध गराउने भएका छन् ।
मस्क ‘एक्स’ (यसअघि ट्वीटरका नामले चिनिने) का मालिक हुन् । आफ्नो प्लेटफर्ममा लेखेकै कारण कुनै कर्मचारीमाथि अनुचित व्यवहार भएको पाइएमा त्यस्ता व्यक्तिलाई कानुनी उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा उनले गरेका छन् ।
मस्कले यस प्रकार दिइने आर्थिक सहयोगको कुनै सीमा नरहने पनि प्रस्ट पारेका छन् । उनले ‘एक्स’का प्रयोगकर्ताहरुलाई केही पोस्ट गरेको वा लाइक गरेकै कारण कार्यालयबाट केही गलत भएको छ भने आफूलाई जानकारी गराउन पनि आह्वान गरेका छन् ।
If you were unfairly treated by your employer due to posting or liking something on this platform, we will fund your legal bill.
— Elon Musk (@elonmusk) August 6, 2023
No limit.
Please let us know.
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण