भुक्तानी माग गर्दै सिठ्ठी जुलुस निकाल्दै निर्माण व्यवसायी
आइतबार, २१ साउन २०८०, १८ : ०२
काठमाडौँ । निर्माण व्यवसायीहरुले सरकारसँग भुक्तानी माग्दै काठमाडौँमा सिठ्ठी जुलुस निकाल्ने भएका छन् । आज महासंघको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
महासंघले यही साउन २६ गतेसम्म हेल्मेट र ज्याकेट लगाएर आन्दोलन गर्ने महासंघका अध्यक्ष रवि सिंहले बताए । दोस्रो चरणको आन्दोलनका क्रममा महासंघको कार्यालयबाट संसद् भवनसम्म सिठ्ठी जुलुस निकाल्ने उनले बताए ।
महासंघ अर्बौ रुपैयाँको भुक्तानी नपाएको भन्दै लामो समयदेखि आन्दोलनमा छन् । व्यवसायीले काम सम्पन्न भएका र स्रोत सुनिश्चित भएर काम अघि बढाइएका आयोजनाको भुक्तानी पाउनुपर्ने माग राख्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण