शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भुक्तानी माग गर्दै सिठ्ठी जुलुस निकाल्दै निर्माण व्यवसायी

आइतबार, २१ साउन २०८०, १८ : ०२
आइतबार, २१ साउन २०८०

काठमाडौँ । निर्माण व्यवसायीहरुले सरकारसँग भुक्तानी माग्दै काठमाडौँमा सिठ्ठी जुलुस निकाल्ने भएका छन् । आज महासंघको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

महासंघले यही साउन २६ गतेसम्म हेल्मेट र ज्याकेट लगाएर आन्दोलन गर्ने महासंघका अध्यक्ष रवि सिंहले बताए । दोस्रो चरणको आन्दोलनका क्रममा महासंघको कार्यालयबाट संसद् भवनसम्म सिठ्ठी जुलुस निकाल्ने उनले बताए ।

महासंघ अर्बौ रुपैयाँको भुक्तानी नपाएको भन्दै लामो समयदेखि आन्दोलनमा छन् । व्यवसायीले काम सम्पन्न भएका र स्रोत सुनिश्चित भएर काम अघि बढाइएका आयोजनाको भुक्तानी पाउनुपर्ने माग राख्दै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप