उपभोक्ता समितिको साढे ६ लाख चोरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष विष्ट कारागार चलान
सुर्खेत । उपभोक्ता समितिको साढे ६ लाख चोरेको आरोपमा पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोद सिंह विष्ट कारागार चलान भएका छन् ।
जिल्ला अदालत सुर्खेतले विष्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई कारागार चलान गर्ने फैसला गरेको छ ।
विष्टसँगै सुशील गुरुङ र बलिराज शाही पनि कारागार चलान भएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वल रावलले रातोपाटीलाई जानकारी दिए ।
विष्ट २४ असारमा पक्राउ परेका थिए । वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
पाँच जनामध्ये दुई जना सन्तोष थापा र यामराज शाही भने दुई/दुई लाख धरौटीमा रिहा भएका छन् ।
वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ ।
उनीहरुले काम सिद्ध्याइँ बाँड्न लागेको रकम धम्क्याएर लगेको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
-
नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन
-
आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण