बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेश सरकारका सय दिन : उपलब्धि कति ?

आइतबार, २१ साउन २०८०, २३ : ०१
आइतबार, २१ साउन २०८०

बुटवल । मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले सय दिनका काम कारबाही सार्वजनिक गरेको छ ।

वैशाख १५ गते गठन भएको सरकारले आफ्नो हनिमुन पिरियडमा आर्थिक सर्वेक्षण प्रकाशन गर्नेदेखि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरलाई स्तरोन्नति गरी चौबिसै घण्टा डाइलासिस सेवा सुरुवात गरिएको सम्मलाई मुख्य उपलब्धिको रूपमा प्रस्तुत गरेको छ ।

आइतबार एक सय दिने उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले जनता आवास कार्यक्रम अन्तर्गत शौचालय सहित थप ४२० निजी आवास निर्माण गरी विपन्न परिवारलाई बसोबासको व्यवस्था गरिएको, सानाठुला गरी १३१ वटा खानेपानी आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने कार्यलाई उपलब्धिका रुपमा व्याख्या गरे ।

सडकतर्फ कालोपत्रे सडक १७५ किमि, ग्राभेल सडक १५० किमि, कच्ची सडक १० किमि, सडक विस्तार ११२ किमि, कल्भर्ट/कजवे ४३५ वटा, ढलान सडक १४ किमि निर्माण गरेको पनि मन्त्री पाण्डेयले जिकिर गरे ।

यस्तै, स्यालो ट्युबवेल क्लस्टर कार्यक्रम मार्फत थप १२०० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइने नीतिगत व्यवस्था मिलाइएको, लम्पी स्किन रोगको रोकथामका लागि स्थानीय तह समेतको सहकार्यमा उपचार गर्ने व्यवस्था मिलाइएको, संघीय सरकारबाट प्राप्त हुने अनुदानको रासायनिक मललाई समयमै कृषकहरू माझ पु¥याउन प्रदेश तहबाट वितरण प्रक्रियालाई सरलीकृत गरिएको प्रदेश सरकारले सय दिने उपलब्धिका रुपमा व्याख्या गरेको छ ।

यस्तै, समीक्षा अवधिमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि स्थानीय तहमा प्राविधिक सहयोग गरिएको, २ वटा सरकारी कार्यालय भवन निर्माण तथा १६ वटा सरकारी भवनको मर्मत कार्य सम्पन्न भएको पनि मन्त्री पाण्डेयले जनाए ।

प्रदेशस्तरीय खेल प्रतियोगिता सञ्चालन भएको, प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन हस्तान्तरण भई स्वामित्व ग्रहण भएको, दाङ र नवलपरासी पश्चिमका सबै क्षयरोग उपचार केन्द्रमा क्षयरोगीको अभिलेख तथा प्रतिवेदन प्रणाली कम्प्युटर प्रणालीमा आबद्ध गरिएको, यातायात क्षेत्रको सुधारका लागि सवारी जाँच पास र रुट व्यवस्थापनका लागि कानुनी र राजस्वका क्षेत्रमा आवश्यक सहजीकरण गरिएको पनि प्रदेश सरकारले सय दिने उपलब्धिका रुपमा जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप