सिटीलाई हराउँदै आर्सनललाई कम्युनिटी शिल्ड
लण्डन । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ । आइतबार राति भएको खेलमा आर्सनल पेनाल्टी सुटआउटमा ४–१ गोलले विजयी भएको हो ।
निकै निरस बनेको खेलको ७७ औँ मिनेटमा कोली पाल्मरले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटी जीततर्फ अघि बढिरहँदा इन्जुरी समयको १०१ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले आर्सनलका लागि बराबरी गोल फर्काए ।
त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो जसमा केभिन डी ब्रयेनाको प्रहार क्रसबारमा लाग्यो भने रोड्रीको प्रहार गोलकिपरले बचाऊ गरे । त्यसपछि फाबियो भिएराले गोल गर्दै आर्सनलका लागि उपाधि सुनिश्चित गरे ।
गत सिजन आर्सनल २४८ दिनसम्म प्रिमियर लिगको शीर्ष स्थानमा रहेर पनि अन्त्यतिर लिग गुमाउनु पुगेको थियो । सिटीले आर्सनललाई उछिन्दै लिगसहित च्याम्पियन्स लिग र एफए कप जित्दै ट्रेबल पुरा गरेको थियो ।
सिटीले पछिल्ला तीन कम्युनिटी शिल्डको उपाधि गुमाएको छ । यद्यपि, ती सबै सिजनमा उसले प्रिमियर लिगको उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण