संसदमा प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई प्रचण्डको निर्देशन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो निर्देशन दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
‘दलका नेता समेत रहनुभएका प्रधानमन्त्रीले संघीय संसदमा सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । साथै संसदीय समितिका सभापति चयनका बारेमा समेत बिफिङ गर्नुभयो’,बैठकपछि पाण्डेले प्रचण्डको भनाइ उदृत गर्दै भने, ‘संसद खुलाउन प्रमुख प्रतिपक्ष दलका नेतासहित अन्य दलका नेतासँग छलफल गरेर ठोस निष्कर्ष निकालिन्छ र संसद अवरोध हट्छ भन्ने हामीलाई विश्वास छ । ’
बैठकमा उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको मुल भाव तथा संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएको पाण्डेको भनाइ छ । त्यसक्रममा श्रेष्ठले सरकारले तीनवटा विधेयक (संघीय शिक्षा ऐन, निजामति कर्मचारी र प्रहरी सम्बन्धि विधेयक) दर्ता गर्ने तयारीमा रहेको जानकारी समेत गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण