शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धर्म–कर्ममा रमाउँदै सिके राउत : साउनको चौथो सोमबार पूजा गर्न भालेश्वर महादेव

सोमबार, २२ साउन २०८०, १२ : ०३
सोमबार, २२ साउन २०८०

काठमाडौँ । नवोदय राजनीतिक दल जनमत पार्टीका अध्यक्ष सिके राउत धर्मकर्ममा व्यस्थ हुन थालेका छन् । सोमबार उनी पूजा गर्न चन्द्रागिरीको भालेश्वर महादेवको दर्शन गर्न पुगेका छन् । 

चन्द्रागिरी पुगेर अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्–‘ आज श्रावणको चौथो सोमबार चन्द्रागिरीस्थित श्री भालेश्वरनाथ महादेवको दर्शन गर्दै । मन्दिरका महन्थज्यू, कार्यकारिणी प्रबन्धकज्यू तथा सुरक्षा अधिकारीहरूलाई हार्दिक अभिवादनको लागि धेरै धेरै धन्यवाद ।’

ck1

आइतबार उनी काठमाडौँको साँखु सालीनदीमा धार्मिक कार्यक्रममा सहभागी रहेका थिए । ओम बोल बम काँवरिया संघले गरेको बोलबम यात्रामा सहभागी भई मन्तव्य दिएका थिए । 

राउत ओशो सन्यासी समेत हुन् । गत वर्ष काठमाडौँको ओशो तपोवनमा पुगेर उनी ओशो सन्यासी बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप