धर्म–कर्ममा रमाउँदै सिके राउत : साउनको चौथो सोमबार पूजा गर्न भालेश्वर महादेव
सोमबार, २२ साउन २०८०, १२ : ०३
काठमाडौँ । नवोदय राजनीतिक दल जनमत पार्टीका अध्यक्ष सिके राउत धर्मकर्ममा व्यस्थ हुन थालेका छन् । सोमबार उनी पूजा गर्न चन्द्रागिरीको भालेश्वर महादेवको दर्शन गर्न पुगेका छन् ।
चन्द्रागिरी पुगेर अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्–‘ आज श्रावणको चौथो सोमबार चन्द्रागिरीस्थित श्री भालेश्वरनाथ महादेवको दर्शन गर्दै । मन्दिरका महन्थज्यू, कार्यकारिणी प्रबन्धकज्यू तथा सुरक्षा अधिकारीहरूलाई हार्दिक अभिवादनको लागि धेरै धेरै धन्यवाद ।’

आइतबार उनी काठमाडौँको साँखु सालीनदीमा धार्मिक कार्यक्रममा सहभागी रहेका थिए । ओम बोल बम काँवरिया संघले गरेको बोलबम यात्रामा सहभागी भई मन्तव्य दिएका थिए ।
राउत ओशो सन्यासी समेत हुन् । गत वर्ष काठमाडौँको ओशो तपोवनमा पुगेर उनी ओशो सन्यासी बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण