मोरङको पथरीमा डेरी एसोसिएसनको ल्याब तालिम सम्पन्न
काठमाडौँ । नेपाल डेरी एसोसिएसन र सहज परियोजनाको सहकार्यमा सञ्चालित डेरी ल्याब्रोटरी टेक्निसियन तालिम सम्पन्न भएको छ । मोरङको पथरीमा सम्पन्न ५ दिने तालिम सम्पन्न भएको डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए ।
तालिम कार्यक्रमका मुख्य प्रशिक्षक सिवाराम सिंहले तालिमको महत्व बुझाउँदै सिकेको कुरा लागू गर्न सबैलाई अनुरोध गरे । यस्तै, अध्यक्ष प्रल्हाद दाहालले तालिमका सहभागी सबैलाई तालिममा सहभागी सबैले सिकेको कुरा अनिवार्य कार्यान्वय गर्नु अनुरोध गरे । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले यस्तो महत्त्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो र यसले गुणस्तरमा सुधार आउने बताए ।
यो कार्यक्रम कोशी प्रदेश अन्तरगत दमकमा साउन ६ देखि १० गतेसम्म १२ जना, फिक्कलमा साउन ११ देखि १५ गतेसम्म १७ जना र साउन १८ देखि २२ गतेसम्म पथरी, मोरङमा १३ जनाको उपस्थितिलाई तालिम प्रदान गरिएको थियो । यो कार्यक्रमले सहभागी प्रतिनिधिमार्फत सम्बन्धित डेरी उद्योगमा सुधार आउने कुरामा विश्वास रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विराटनगरका प्रतिनिधि दिनेश सुबेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण