प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान
मङ्गलबार, २३ साउन २०८०, १३ : २९
१
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ विरुद्ध उजुरी आह्वान गरेको छ । मंगलबार बसेको समितिको बैठकमा सुनुवाइको प्रक्रिया अघि बढाउँदै उजुरी आह्वानको निर्णय भएको हो ।
निर्णयअनुसार श्रेष्ठ विरुद्ध उजुरी आह्वान गर्न सार्वजनिक सूचना जारी गरिनेछ । उजुरीका लागि १० दिनको समय दिने ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।
गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएर अनुमोदन भएपछि उनी सर्वोच्चको प्रधानन्यायाधीश बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण