सडक दुर्घटना
राेल्पा बस दुर्घटना अपडेट : ४ जनाकाे मृत्यु, १९ घाइते
मङ्गलबार, २३ साउन २०८०, १६ : ०६
बुटवल । रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्याम सारु मगरले दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनीहरुको सनाखत हुन भने बाँकी रहेको छ ।
घटनामा १९ जना घाइते भएको मगरको भनाई छ । सहिद मार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिलामा दिउँसो १ बजेतिर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको थियो । बसमा २५ जना यात्रु सवार रहेका थिए । दुर्घटना लगतै चालक फरार भएका थिए । एक घन्टापछि उनी सम्पर्कमा आएको डीएसपी मगरले बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सात जना घाइतेलाई थप उपचारका लागि दाङको घोराहीतर्फ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण